समाज

कालोपत्रे गर्न लाग्दा पुरानो बानेश्वर सडकमा खाल्डो परेपछि काम रोकियो (भिडियोसहित)

इकागज |
चैत २१, २०८० बुधबार ९:५१ बजे

काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वर चोकदेखि फ्रन्टलाइन हस्पिटलसम्म कालोपत्रे गर्न लाग्दा सडकमा खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि कालोपत्रे गर्ने काम आधा मात्रै भएर रोकिएको छ ।

काठमाडौँ महानगरपालिका- ९ मा कालोपत्रे गर्न लाग्दा खाल्डो परेपछि खानेपानीका कर्मचारीले मर्मत गरिरहेका छन् । गएराति जनप्रतिनिधिहरूले उक्त स्थानको अनुगमन पनि गरेका थिए ।


काठमाडौँ महानगरले ढल निकासको नाममा झण्डै ६ महिनादेखि निर्माणाधीन सडक अलपत्र छाड्दै आएको थियो । धेरै समयसम्म पनि सडकमा कालोपत्र नभएपछि स्थानीय तथा व्यवसायीहरूले गत आइतबार सडक अवरुद्ध गरेका थिए । छिटोभन्दा छिटो सडक कालोपत्र गर्नुपर्ने माग राख्दै उनीहरूले पुरानो बानेश्वर चोकदेखि मैतीदेवीसम्म जाने सडक खण्ड अवरुद्ध गरेका थिए ।

 

 

र, यो पनि


Author

थप समाचार
x