समाज

साइबर ब्यूरोले भन्योः सामाजिक सञ्‍जालमा भएका लिंकलाई क्लिक नगर्नू

इकागज |
चैत २१, २०८० बुधबार १८:१३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकबाट डाटा इन्ट्री गर्ने, आइल्टस र पीटीइको तयारी कक्षा निःशुल्क प्रदान गर्छु भन्ने र अनावश्यक लिङ्कलाई क्लिक नगर्न नेपाल प्रहरीको साइबर ब्यूरोले अनुरोध गरेको छ ।

त्यसैगरी सेयर कारोबार विश्लेषण तालिम निःशुल्क प्रदान गर्छु भन्नेसँग पनि सतर्क रहन ब्यूरोले बताएको छ ।


‘हामीले पठाएको लिङ्कबाट सफ्टवेयर डाउनलोड गरी इन्स्टल गर्नुहोस भन्ने जानकारी दिने र उक्त सफ्टवेयर इन्स्टल गरेपछि सम्बन्धित उपकरणलाई पूर्ण रुपमा नियन्त्रणमा लिएर सम्पूर्ण गतिविधि अनुगमन गर्ने ,’ बुधबार ब्यूरोले सूचना गरी भनेको छ,’  इ- वालेट, बैंक तथा वित्तीय संस्थाहरूका एप तथा आइपीएस जस्ता प्रणाली ह्याक गरी आर्थिक ठगी गर्ने गर्छन् ।‘

 


Author

थप समाचार
x