समाज

मैतीदेवीमा मेलम्चीको पानीको पाइप फुट्यो [फोटो/भिडियो]

इकागज |
चैत २३, २०८० शुक्रबार १६:५६ बजे

काठमाडौँ-  काठमाडौँ महानगरपालिका २९ मैतीदेवीको कुमारी बैंक अगाडिको सडकखण्डमा रहेको मेलम्चीको पाइप फुटेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतको तार भूमिगत गर्दा साढे ३ बजे पाइप फुटेको हो ।


विद्युतको तार भूमिगत गर्दा पाइप काटिएर पानी बाहिर बगेको छ । केही समय ट्राफिक आवागमनमासमेत अवरोध भएको थियो । पानीका कारण वरपरका पसल र हाेटलमा सामान्य क्षति पुगेकाे छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा विद्युतको तार भूमिगत गर्ने क्रम जारी छ ।

हेर्नुहाेस् भिडियाे


Author

थप समाचार
x