समाज

ललितपुर प्रहरीद्वारा हराएका १०६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

इकागज |
चैत २३, २०८० शुक्रबार १९:३० बजे

काठमाडौँ- ललितपुर प्रहरीले हराएका १०६ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका १०६ थान मोबाइल सेट महानगरीय प्रहरी परिसर ललितपुरले फेला पारी शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।


मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको महानगरीय परिसर ललितपुरले जनाएको छ ।

महानगरीय परिसर ललितपुरका अनुसार फेला पारिएका मोबाइल सेटहरूमा रेडिमी कम्पनीको मोबाइल ​थान ३७, सामसङ मोबाइल थान २५, ओप्पो मोबाइल थान ४, भिभो मोबाइल थान १०, पोको मोबाइल थान ५, रियलमी मोबाइल थान ११, वानप्लस मोबाइल थान ९, हुवावे मोबाइल थान १, आईफोन मोबाइल थान २,  इन्फिनिक्स मोबाइल थान १ र ओनर मोबाइल थान १ रहेको छ ।


Author

थप समाचार
x