समाज

कैलालीमा एकै घरमा दुई युवती मृत अवस्थामा फेला

इकागज |
चैत २७, २०८० मंगलबार ११:३४ बजे

काठमाडौँ- कैलालीको घोडाघोडी नगरपालिकामा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले इकागजलाई जानकारी दिए ।

प्रहरीका अनुसार २७ वर्षीया सिमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरीले घरको दोस्रो तल्लाको गल्लीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतकको बारेमा थप अनुसन्धान भइरहेको बोहराले बताए ।



Author

थप समाचार
x