समाज

बालेनको व्यंग्य : अरूलाई के भनम, म आफैँ खराब छु !

इकागज |
चैत २७, २०८० मंगलबार १९:१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् । 

उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ । 


उनले लेखेका छन्: 

म राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु,
राजा खराब भो,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु,
जनतन्त्र हराम भो,
म जनता हुँदा नेता बन्न खोज्छु,
नेता बन्दा जनता लडाउँछु,
कमजोर हुँदा बलियोलाई रोज्छु,
बलियो हुँदा आफैँ हराउँछु !
म अरूलाई के भनम, म आफैँ खराब छु !!


Author

थप समाचार
x