समाज

आयोजनाको सहयोगमा प्रभावित क्षेत्रमा सरसफाइ अभियान

इकागज |
चैत २९, २०८० बिहीबार १२:४६ बजे

सिन्धुपाल्चोक– जलविद्युत आयोजनाबाट प्रभावित चीनसँगको सीमा क्षेत्रका बस्ती तथा बजारहरुमा सरसफाई अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोसी गाउँपालिका–४ र ५ मा अभियान सुरु गरिएको हो । 

इलेक्ट्रो पावर कम्पनीको सहयोगमा स्थानीय क्लव तथा अगुवाहरुले अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत पहिलो तीन दिनमा हिन्दी बजार सफाइ गरिएको छ । आगामी ३० गतेसम्म चाकु र खुकेण्डोल बजार सफाइ गरिनेछ ।


सीमा जोडिएका सडकका बस्तीहरुलाई सफा राख्न अभियान सुरु गरेको स्थानीय हिन्दी युवा क्लवका अध्यक्ष विकास पौडेलले जानकारी दिए । जुन बस्तीमा जुन जुन संस्थाहरु क्रियाशील छन् तिनिहरुकै सहयोगमा अभियान अघि बढाउने जानकारी इलेक्ट्रो पावर कम्पनीले दिएको छ । 

अभियानमा जनप्रतिनिधि, आयोजनाका कर्मचारी, प्रहरी, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । इलेक्ट्रो पावर कम्पनलीले भोटेकोसी गाउ“पालिकामा ४० भेगावाटको भोटेकोसी आयोजना– १ निर्माण गरिरहेको छ । 

आयोजना प्रमुख इन्जिनियर उमेश पराजुलीका अनुसार नियमित रुपमा संकलन भएको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले तय गरेको डम्पिङ साइट प्रयोग गरिनेछ । त्यसका लागि आयोजनाले एक वटा सवारी साधन साप्ताहिक रुपमा उपलब्ध गराउने छ । 

सीमा क्षेत्रको भोटेकोसी नदीमा दुई वटा आयोजना निर्माण भइरहेको छ । माथल्लिो भोटेकोसी आयोजनाले भने अढाई दशकदेखि ४५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । 


Author

थप समाचार
x