समाज

महोत्तरीको बर्दिवासमा २० केजी गाँजासहित दुईजना पक्राउ

इकागज |
चैत २९, २०८० बिहीबार १९:५१ बजे

महोत्तरी- महोत्तरीको बर्दिवासबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

वडा नं. १४ स्थित  ट्रायल सेन्टरको  छेउबाट २० के.जि. ९७४ ग्राम गाँजासहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय कलाम अनसारी र बर्दिवास-१० बस्ने ४० वर्षीय पदम स्यांतान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरिडाँडाबाट खटिएको  प्रहरी गस्ती टोलीलाई देख्‍नासाथ तीन  जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरू मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानीयको रोहबरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए  ।

फरार अर्को व्यक्तिको खोजी भइरहेको छ भने  पक्राउ परेकाहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको  म्याद थपि  इलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x