समाज

ललितपुर महानगरपालिकामा अब वातावरण प्रहरी

इकागज |
चैत २९, २०८० बिहीबार २०:१७ बजे

ललितपुर- ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ ।

ललितपुर महानगर र यूएसएड स्वच्छ हावाको सहकार्यमा आजदेखि वातावरण प्रहरीसम्बन्धी तालिम सुरु गरेको हो । 


सो तालिमको समुद्घाटन गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जनले नगर प्रहरी बलभन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी वातावरण प्रहरीको भूमिका निभाउन आग्रह गरेका छन् । 

पहिलो चरणमा वातावरण प्रहरीको तालिम १५ जनालाई दिइने ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले बताए । तीन दिन चल्ने तालिममा वातावरणसम्बन्धी विद्यमान ऐन कानुन, फोहरमैला व्यवस्थापन, बोटबिरुवा संरक्षण तथा व्यवस्थापन विधि र वायु प्रदूषण चुनौतीलगायत समेटिने बताइएको छ ।


Author

थप समाचार
x