समाज

ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

इकागज |
चैत ३०, २०८० शुक्रबार १७:४२ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली सदस्य बनाइ बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाइ जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारीविरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।


हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Author

थप समाचार
x