समाज

भाटभटेनीमा आगलागी हुँदा १ करोड ७० लाखको क्षति

इकागज |
वैशाख १, २०८१ शनिबार १७:५५:१८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज जानकारी दिएको छ ।



Author

थप समाचार
x