समाज

सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

इकागज |
बैशाख ३, २०८१ सोमबार २०:४५ बजे

पोखरा- यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।  

सेती नदीको १५० मिटर गहिराइमा ढुङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।


कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ करुवा बस्ने २५ वर्षका युवक वैशाख १ गतेदेखि हराएका थिए ।


Author

थप समाचार
x