समाज

महालेखा परीक्षकमा सिफारिस राया सर्वसम्मत अनुमोदित

इकागज |
बैशाख ४, २०८१ मंगलबार १४:१३ बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखा परीक्षक तोयम रायाको नाम अनुमोदन गरेको छ । 

समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।


महालेखा परीक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।


Author

थप समाचार
x