समाज

थाङ्सिङबोलेमा धर्मगुरुबाट पूजापाठ गरी छ्योर्तेनको भव्य उद्घाटन

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १०:५५ बजे

सिन्धुपाल्चोक -  बाह्रबिसे नगरपालिका ६ मान्द्रा स्थित थाङ्सिङबोलेमा छ्योर्तेनको उद्घाटन  भएको छ । बाह्रबिसे नगरपालिकाको  हिमाली बस्ती थाङ्सिङबोलेमा तीन छ्योर्तेन तथा एक पाहुना घरको बौद्ध धर्म अनुसार  धर्म गुरुबाट  विधिवत् पूजापाठ गरि छ्योर्तेनको भव्य उद्घाटन गरिएको हो। वरिपरि डाँडाले घेरिएको  बीचमा सम्म भूभाग भएको थाङ्सिङ्बोलेको छ्योर्तेन निर्माण भएसगै गाउँबस्तीको समेत मुहार फेरिएको छ। ​

थाङ्सिङ्बोलेका समुदाय मिलेर निर्माण गरिएको ज्याङ छ्युप छ्योर्तेन सिन्धुपाल्चोकको नमुनाको रूपमा रहेको  छ। कार्यक्रममा पुगेको कतिपय स्थानीयले यस ठाउँलाई ठम्याउन सकेनन् । केही समय अगाडि उजाड जस्तै  देखिएको बारीको पाटामा  बिहीबार ध्वजा पताकाले सजिएको बुटैबुटाले सिगारिएको छ्योर्तेन। छ्योर्तेन  वरिपरि बगैंचा कतिपय फूल फुल्न थालिसकेका त्यस सँगै  रहेको पाहुना घर  सँगै शौचालय, नुहाउनको लागि  धाराको व्यवस्था ।  अर्थात् कार्यक्रमको लागि बनाएको दुई तले पाहुना घर ।  


विवाह, ब्रतबन्ध, घेवालगायत पूजाआज गर्नको लागि पार्टी प्यालेसको जस्तै सुविधा सम्पन्न ज्याङ छ्युप छ्योर्तेन देखेपछि अधिकांश स्थानीय छ्योर्तेन निर्माण पक्षलाई देखेर खुसी हुन थाले।

 ६ रोपनी जग्गामा निर्माण भएको  ज्याङ छ्युप छ्युर्तेन तथा पाहुना घरको  उद्घाटनपछि स्थानीयले खुसी व्यक्त गरेका छन । बिहीवार धर्मगुरु खेन्पो साङ्गे रङ्ज्युङ रिम्पोछेबाट गरिएको पूजामा सरिक भएको गाती,मान्द्रा,थाङ्सिङ्बोले, सोताङ, यार्सा लगायतका कार्यक्रममा आएका अधिकांश स्थानीयले गाउँमा यस्तो सुबिधासप्पन्न ज्याङ छ्युप छ्योर्तेन निर्माण भएकोमा खुसी व्यक्त गरे।

 स्थानीय भन्छन्, अब यस भेगका स्थानीयले विवाह ब्रतबन्ध, छ्याओर घेवा जस्ता कार्यक्रम गर्न ठाउँ खोजिरहन नर्पर्ने  उनीहरू बताउँछन् । बिहीवार  ज्याङ छ्युप छ्योर्तेनमा लगाइएको रब्ने पूजा तथा उद्घाटन कार्यक्रममा  झन्डै २५ सय जना उपस्थित भए ।   छ्योर्तेन उद्घाटन तथा सम्बोधन गर्न पुगेको पूर्व स्वास्थ्य मन्त्री एवं सांसद मोहन बहादुर बस्नेत भन्छन्, 'समुदाय मिलेर निर्माण गरिएको यो छ्योर्तेनले राज्यलाई चुनौती दिएको छ। एउटा व्यक्तिले गरेको पहलमा  यस्तो भव्य छ्योर्तेन निर्माण भयो देख्दा लोभ लाग्दो छ ।'

तर  राज्यले निर्माण गरेको भए कति बर्ष लाग्ने हो थाहा छैन । त्यसैले म भन्छु रमेश शेर्पाले गरेको काम प्रशंसा योग्य छ बस्नेतले सुनाए ।

त्यस्तै  माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटा सुबोध थप्छन्, 'जोस जाँगर भए हरेक काम समयमा सफल हुन्छ भन्ने उदाहरण रमेश शेर्पालाई हेरे पुग्छ। उहाँले गरेको यो कार्य प्रंशनीय छ । हामीले देख्दा यस्तो ठाउँमा यति सुन्दर सबै हिसाबले सुविधा भएको ज्याङ छ्युप छ्योर्तेन  निर्माण भएको छ । आगामी दिनमा  यस्ता धार्मिक  कार्यहरु भइरहोस् ।'

 नेकपा एमालेका केन्द्रीय सदस्य  नेता सरेश नेपाल  पूजापाठ सकिए लगत्तै शुभकामना सन्देश दिएर निस्किए। छ्योर्तेन कार्यक्रम पुगेका महानायक राजेश हमालले निर्माण पक्षको खुलेर तारिफ गरे ।

अध्यक्ष रमेश शेर्पाले समुदाय मिलेर निर्माण सम्पन्न भएको ज्याङ छ्युप छ्योर्तेनले सबैको लागि सहज हुने बताए । उनी भन्छन्, आफ्नो पुर्खा दोलखा जिल्ला देखि आएर यस ठाउँमा बसेको र  धार्मिक हिसाबले पुर्खाले आएर बसेपछि बौद्ध धर्मावलम्बी अनुसार यस  ठाउँमा छ्योर्तेन बन्नु भन्दा पहिला ससाना बालबालिकालाई  देवता चढ्ने इतिहास भएकोले अहिले आफूहरूले सकेको समयमा छ्योर्तेन बनाएको उनको भनाइ छ।

धार्मिक हिसाबले एउटा इतिहास बोकेको यस थाङ्सिङबोलेमा कुनैपनि काटमार गरिँदैन । यस ठाउँमा विशेष गरि भैंसी, रागाहरू पाल्न नहुने इतिहास रहेको ज्याङ छ्युप छ्योर्तेनका कोषध्याक्ष हिरामाय शेर्पाको भनाइ छ।

'हाम्रो पू्र्खाले याहा भैंसी पाल्न खोज्दा गोठै टुङ्गिएर जाने र नफाप्ने भएकोले अहिलेसम्म यहाँ भैंसी पालिँदैन । त्यसैले यस ठाउँमा देवी देवताको सत रहेकोले अहिले हामीले छ्योर्तेन निर्माण गरेको हौँ' हिरामायाले भनिन्। 

छ्योर्तेन निर्माणको लागि थाङ्सिङ्बोले बासी निमा दोर्जे शेर्पा, संकलाल शेर्पा र छेवा शेर्पाले जग्गा दान गरेका हुन। बाह्रबिसे नगरपालिकाले १७ लाख रुपैयाँ तारबारको लागि सहयोग गरेको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए ।


Author

थप समाचार
x