समाज

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

इकागज |
बैशाख ८, २०८१ शनिबार १४:१४ बजे

धनकुटा- धनकुटामा गएराति माइक्रो बस दुर्घटना भएको छ । 

काठमाडौँबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नंकाे माइक्रो बस राति २:१५ बजेतिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा परी १९ जना घाइते भएका  छन् । उनीहरू सबैको उद्धार गरी ९ जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  । 

घाइते मध्ये केहीको उपचारपछि डिस्चार्ज भइसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माइक्रो बस निकाल्ने प्रयास भइरहेको छ । 


Author

थप समाचार
x