समाज

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

इकागज |
बैशाख ८, २०८१ शनिबार २०:५१ बजे

अर्घाखाँची- भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।

भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।


भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ । 

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताए । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् । रासस


Author

थप समाचार
x