समाज

६० जना ट्राफिक प्रहरीले लिए तालिम

इकागज |
बैशाख ९, २०८१ आइतबार १६:५३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५१ औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गरे । 


कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी हवलदार २ जना, प्रहरी सहायक हवलदार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए । 


Author

थप समाचार
x