समाज

इतिहासमा आज : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन

इकागज |
बैशाख १०, २०८१ सोमबार ८:१५ बजे

काठमाडौँ- आज बैशाख १० गते अर्थात अप्रिल २२ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

बैशाख १० गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन । सहिद गंगालाल श्रेष्ठका भाई पुष्पलाल श्रेष्ठसहितको चार जना युवाहरूले २२ अप्रिल १९४९ अर्थात वि.सं २००६ साल वैशाख १० गते शुक्रबार  नेपालमा पहिलो कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।


२०६२/२०६३ को जनआन्दोलनमा २०६३ बैशाख १० गते शाही सम्बोधनको विरोधमा मुलुकभर कर्फ्यु र निषेधाज्ञा तोड्दै जनप्रदर्शन भयो । राजधानीका शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले कोटेश्वर, बुद्धनगर, कलंकी, बालाजुलगायतका ठाउँमा अन्धाधुन्ध गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा ५७ जना गम्भीर घाइते भएका थिए ।

सन्‌ १९१५ अप्रिल २२ मा विश्वयुद्धको बेला बेल्जियममा दोस्रो युद्धको शुरुवातमा जर्मन सेनाहरूले मित्र राष्ट्रहरूविरुद्ध क्लोरीन ग्यास छोड्दा युद्धमा घातक रसायनहरूको पहिलो पूर्ण मात्रामा प्रयोग भयो । त्यहाँ हजारौं सैनिकको मृत्यु भएको बताइन्छ ।

सन्‌ १९४४ अप्रिल २२ मा दोस्रो विश्वयुद्धको दौडानमा अमेरिकी सेनाले जापानी-नियन्त्रित न्यु गिनीलाई हल्यान्डिया र आइटापेमा उभयचर अवतरणको साथ आक्रमण गर्न थालेका थिए ।

सन्‌ २०१२ अप्रिल २२ मा अमेरिका र अफगानिस्तानले अफगान जनतालाई सैन्य र आर्थिक सहयोग प्रदान गर्ने सुनिश्चित गर्ने रणनीतिक साझेदारी सम्झौतामा पुगेको थियो । धेरैजसो विदेशी सेनाहरू फिर्ता हुने समयसीमा तोकिएको थियो ।


Author

थप समाचार
x