समाज

सहकारी चोरीमा संलग्‍न ६ जना पक्राउ

इकागज |
बैशाख १०, २०८१ सोमबार १४:२९ बजे

काठमाडौँ-  झापाको सहकारीहरूमा चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।

पक्राउ परेका उनीहरूले विभिन्न मिति र समयमा १३ वटा सहकारीहरू योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।


सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनसाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई इटहरीको विभिन्न स्थानबाट लुकीछिपी बसेको अवस्थामा वैशाख ७ गते पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजार र उनीहरूले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरामद गरेको छ ।

उनीहरूले विभिन्न सहकारीहरूबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Author

थप समाचार
x