समाज

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

इकागज |
बैशाख १०, २०८१ सोमबार २१:४० बजे

सांकेतिक तस्बिर

मनाङ- विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरूको उद्धार गरिएको हो । 

लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । 
    
साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एक जना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनले बताए । 


उनले भने, 'तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ । यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ ।'


Author

थप समाचार
x