समाज

शंखमुलमा आगलागी, पाँचवटा पसल जलेर नष्ट

इकागज |
बैशाख १६, २०८१ आइतबार १४:४५ बजे

काठमाडौँ- काठमाडौँको शंखमुलमा भएको आगलागीका कारण लाखौँको क्षति भएको छ ।

शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । आगलागीका कारण मोटरसाइकल ग्योरज, पान पसल, फलफूल तथा तरकारी पसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


ललितपुर महानगर र काठमाडौँ महानगरको दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको मद्दतले आगलागी नियन्त्रणमा लिएको छ । आगलागीको कारण र पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ 


Author

थप समाचार
x