समाज

प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ गरी सार्वजनिक

इकागज |
बैशाख १६, २०८१ आइतबार १७:४३ बजे

काठमाडौँ- प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौँ सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समरबहादुर सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


उनले काठमाडौँ सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की) को हत्या गरेका थिए । सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समरबहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिइन् ।

वैशाख १६ गते काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समरबहादुरलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  


Author

थप समाचार
x