समाज

बर्दियामा मृत अवस्थामा फेला पर्यो पाटेबाघ

इकागज |
जेठ ६, २०८१ आइतबार २१:३९ बजे

फाइल तस्बिर

बर्दिया- बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । 

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए । रासस



Author

थप समाचार
x