समाज

पक्राउपछि सिरोहियाले भने- गृहमन्त्रीले प्रतिशोध साँधेर पक्राउ गरे

इकागज |
जेठ ८, २०८१ मंगलबार १८:५८ बजे

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।


जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरुद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर गाडीमा राख्नुअघि सिरोहियाले छोटो सम्बोधन गर्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखेका थिए ।

उनले भने, ‘६२/६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ ।’ यस्तै उनले आफ्नो पक्राउले कान्तिपुर यसबाट विचलित नहुने समेत बताएका छन् ।

यस्तै अध्यक्ष सिरोहियाले राज्यको अहिलेको कदम प्रेसमाथिको हस्तक्षेप भएको भन्दै थप सशक्त रूपमा प्रस्तुत हुने धारणा राखे । आफूलाई नागरिकताको विषयमा सोधपुछ नै नगरी पक्राउ गरिएको भन्दै सिरोहियाले गृहमन्त्रीको दुईवटा राहदानीका विषयमा अनुसन्धान गर्न चुनौती दिए । 

 

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

- कान्तिपुर कार्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ


Author

थप समाचार
x