समाज

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ-प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


थप उपचारका लागि काव्या अस्पतालले रिफर गरेपछि दिउँसो तीन बजे हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालेले इकागज बताए । उनलाई केही दिनदेखि काव्या अस्पतालमा राखी उपचार भइरहेको थियो ।

सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो।


Author

थप समाचार
x