समाज

भारत लैजान लाग्दा १८१ किलो गाँजासहित चालक शेर्पा पक्राउ

इकागज |
जेठ १६, २०८१ बुधबार १३:११ बजे

काठमाडौँ- मोरङ प्रहरीले १ सय ८१ किलो अवैध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । संखुवासभा चैनपुर नगरपालिका- १ का २७ वर्षीय लाक्पा दोर्चि शेर्पालाई १८१ किलो गाँजा र मिनि ट्रकसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले १८१ किलो गाँजासहित चालक शेर्पालाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले इकागजलाई जानकारी दिए ।


उनका अनुसार मंगलबार विराटनगर महानगरपालिका- १४ बाट राति साढे ११ बजे मिनी ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । ड्युटीमा खटिएका प्रहरीले रोकेको ट्रकलाई शंका लागेर खानतलासी गर्दा गाँजासहित चालक पक्राउ परेका हुन् ।

खाली सिलिण्डरले छोपेर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । लागू औषध कारोबारीले धेरैजसो गाँजाहरू पहाडी जिल्लाबाट ल्याउने गरेको उनले बताए ।


Author

थप समाचार
x