समाज

छुटे कैलाश सिरोहिया

इकागज |
जेठ १६, २०८१ बुधबार २१:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष  कैलाश सिरोहियालाई हाजिर जमानीमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हाजिर जमानीमा छाडेको हो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखेको थियो । ​


सिरोहिया जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मिडियाको मुख्यालयबाट पक्राउ परेका थिए । त्यही रात उनलाई धनुषा लगिएको थियो ।

प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौँस्थित मेडिसिटी अस्पताल ल्याइएको थियाे ।

 


Author

थप समाचार
x