समाज

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास

इकागज |
जेठ २८, २०८१ सोमबार १६:३५ बजे

काठमाडौँ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ । 

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात विमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । 


सो क्रममा एउटा खप्तड एयरलाइन्सको एउटा काल्पनिक विमान दुर्घटना भएको थियो । त्यस लगतै विमानस्थलमा रहेका बारुणयन्त्रहरुले विमानमा लागेको आगो नियन्त्रणमा लिँदै सुरक्षाकर्मीहरूले घाइतेहरूको उद्धार गरेका थिए ।

संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीचको आपसी समन्वय, भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने उद्देश्यका साथ अभ्यास गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता एवं अप्रेशन विभागका निर्देशक सुवास झाले जानकारी दिए । 

विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उनले बताए । 


Author

थप समाचार
x