समाज

बुटवल आउँदै गरेको कार दुर्घटना, तीन जनाको मृत्यु

इकागज |
जेठ ३१, २०८१ बिहीबार ७:७ बजे

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका-२ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब साढे ८ बजे कार दुर्घटना हुँदा तीन जनाको मृत्यु र दुई जना घाइते भएका हुन् ।

लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै दुर्घटना भएको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


दुर्घटनामा बुटवल- १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा-३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको हो ।

त्यस्तै घाइते बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x