समाज

कोटेश्वरमा दुर्घटना : स्कुटर चालक श्रेष्ठको मृत्यु

इकागज |
असार ८, २०८१ शनिबार ८:१० बजे

काठमाडौँ- काठमाडौँको कोटश्वरमा दुर्घटनामा हुँदा एकको जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बा ३ ख ३०५३ नम्बरको टिपर र बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा स्कुटर चालक लक्ष्मीदेवी श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ ललितपुर सानागाउँ निवासी हुन् ।


उक्त घटनापछि टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको बानेश्वर वृत्तको सञ्चार शाखाले जनाएको छ ।


Author

थप समाचार
x