समाज

धादिङमा सुटकेस डिस्पोज गर्दा थोत्रा कपडाहरू भेटियो

इकागज |
असार १९, २०८१ बुधबार २१:५३ बजे

काठमाडौँ -  धादिङमा पार्किङ गरिराखेको गाडीभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । 

नीलकण्ठ नगरपालिका–३ बीचबजारमा  नेपाली सेनाको विज्ञ टोलीले झन्डै पाँच घन्टा लगाएर शंकास्पद वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 


बुधबार दिउँसो पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले सुटकेस छाडेर हिँडेका थिए ।

 शंस्कापद सुटकेसमालाई बाहिर निकालेर आर्मीले डिस्पोज गरेर हेर्दा पुराना लुगा र सुर्तीको खोल भेटिएको स्थानीय टंक प्रसाद थपिलयाले जानकारी दिए । 

यसकै कारण करिब ५ घण्टा सदरमुकाम त्रसित बनेको थियो ।


Author

थप समाचार
x