समाज

सहकारी ठगीको संसदीय छानबिन विशेष समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

इकागज |
असार २१, २०८१ शुक्रबार १३:४७ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगि, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो  ।


यस अघि समितिले बिहीबार हालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।


Author

थप समाचार
x