समाज

सर्पले डसेपछि बालकको मृत्यु

इकागज |
साउन २, २०८१ बुधबार १४:१६ बजे

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिए । सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।


मृतक महतोको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।


Author

थप समाचार
x