समाज

न्युरोडमा मङ्सिर २ सम्म महानगरको डोजर नचल्ने

इकागज |
साउन ७, २०८१ सोमबार १७:२१ बजे

काठमाडौँ- न्युरोडमा काठमाडौँ महानगरपालिकाले मङ्सिर २ गतेसम्म डोजर नचलाउने भएको छ ।

सोमबार महानगरपालिकामा भएको छलफलमा मङ्सिर २ गतेसम्म डोजर नचलाउने गरी सहमति भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।


छलफलमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, वडा १७ का अध्यक्ष नवीन मानन्धर र वडा २२ का अध्यक्ष चिनकाजी महर्जन सहभागी भएका थिए ।

‘आजको छलफलमा एउटा समिति बनाएर जाने छलफल भएको छ । समितिले दिएको प्रतिवेदनको आधारमा थप अगाडि बढाउने छौं,’ उनले भने, ‘प्रतिवेदनले भने अनुसार काम हुन्छ ।‘

फुटपाथ बनाएको ठाउँमा भने काम अगाडि बढ्ने मानन्धरले बताए । उनका अनुसार वडा २४ मा फुटपाथ बढाइएको छ । बाँकी फुटपाथ निर्माण नभएको ठाउँमा मात्र पछि प्रतिवेदनले भने अनुसार काम हुने उनको भनाइ छ ।

पाटन उच्च अदालत पाटनले आइतबार आदेश जारी गरेपछि काठमाडौँ महानगरले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो । फुटपाथको विस्तार भएपछि स्थानीयवासी र काठमाडौँ महानगरपालिका वडा २२ का अध्यक्ष चिनकाजी महर्जनले सडकमा आएर विरोध गरेका थिए ।

यो पनि,

फुटपाथ विस्तार गर्ने 'डोजर' सँग डराएको न्युरोड


Author

थप समाचार
x