समाज

आज अन्तराष्ट्रिय बाघ दिवस

इकागज |
साउन १४, २०८१ सोमबार ९:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- आज अन्तराष्ट्रिय बाघ दिवस । हरेक वर्ष जुलाई २९ का दिनलाई अन्तराष्ट्रिय बाघ दिवसका रूपमा मनाइन्छ ।

सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । तर पनि बाघको संख्यामा कमी आइरहेको छ । बाघको संख्या घट्‌नुमा उनीहरूको बासस्थानको फडानीलाई लिइने गरेको पाइन्छ ।


हाल बाघको संख्या ३ हजार २ सय रहेको बताइन्छ । नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश, कम्बोडिया, लाओस्, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारिएको थियो ।


Author

थप समाचार
x