समाज

नक्कली भिसा मिलाइदिने नेपाली भारतबाट पक्राउ

इकागज |
साउन २५, २०८१ शुक्रबार १२:२२ बजे

फाइल फोटो

काठमाडौँ - नक्कली भिसाको कारोबार गर्ने एक नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई दिल्ली प्रहरीले दिल्लीमा लुकेर बसेको ठाउँबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पक्राउ पर्ने नेपाली बुटवलका सुनिल थापा रहेका छन् । उनले 'इजि मनि' र विदेशमा राम्रो जीविकोपार्जन गर्ने वाचा दिएर मानिसहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।उनले नेपाली महिलालाई भारतीय राहदानीमा नक्कली हङकङ भिसा दिएको आरोप छ ।


सबिना गुरुङ भारतीय राहदानी लिएर हङकङबाट अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको चेकजाँच गर्दा उनी नेपाली भएको पाइएको थियो । २७ वर्षीया सविना लमजुङकी हुन् । सोधपुछका क्रममा सबिनाले भारतीय पासपोर्टबाट विदेश जान सजिलो हुने साथीले बताएकाले लिएको बताइन् । 

२०१८ मा उनका एक नातेदारले नक्कली कागजातका आधारमा भारतीय पासपोर्ट लिएको उनले खुलासा गरिन् । केही वर्षदेखि उनले सुनिललाई भेटेको  र १ लाखमा  हङकङको भिसाको व्यवस्था गरेको उनले बताइन् । उनी २०२३ को डिसेम्बरमा 'वर्किङ भिसा'मा हङकङ गएकी थिइन् र जनवरी २०२४ मा फर्किएकी थिइन्।

यो पटक नक्कली भिसाका कारण सविनालाई हङकङबाट फिर्ता पठाइको थियो । २८ वर्षीय सुनिल थापा उर्फ राजले प्रहरीसँग आफ्नो अपराध स्विकारेका छन् ।  


Author

थप समाचार
x