समाज

बिहीबारबाट अस्थायी रुपमा नवनिर्मित धरहरा सञ्‍चालनमा आउने

इकागज |
असोज २, २०८१ बुधबार २०:० बजे

काठमाडौँ - संविधान दिवसका अवसरमा बिहीबारबाट अस्थायी रुपमा नवनिर्मित धरहरा सञ्चालनमा आउने भएको छ ।

मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार बिहीबारबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो । अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।​


यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरे । सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णय अनुसार अन्तरिम समयमा लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए । उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रुपमा सञ्चालनको तयारी भएको बताए । 

एक दिनमा अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरि व्यवस्था गरिएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

 


Author

थप समाचार
x