समाज

डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

इकागज |
असार १५, २०७८ मंगलबार ८:५० बजे

फाइल फोटो

काठमाडौ : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली, २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो ।  बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ ।


बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन् । एआइजीमा सिफारिस गरिएका थापा भक्तपुर निवासी हुन् । रासस


Author

थप समाचार
x