समाज

स्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

इकागज |
कात्तिक १२, २०८१ सोमबार १४:४३ बजे

रौतहट - रौतहटमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।  गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट महादेव पट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x