घटना-दुर्घटना

ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर युवकको मृत्यु

इकागज |
फागुन ३, २०८० बिहीबार ११:४२ बजे

रौतहट -  रौतहट जिल्लाको पूर्वी भेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

राजदेवी-७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरूप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।


लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । 

बुबा आमाको एकमात्र छोरा रहेका ठाकुरको निधनले सिङ्गो गाउँ नै  शोकमग्न भएको छ। मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो।
 


Author

थप समाचार
x