समाज

वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु

इकागज |
माघ २५, २०८० बिहीबार १६:३४ बजे

सांकेतिक तस्बिर

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ । 

वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उनको मृत्यु भएको हो । सोलुदूधकुण्ड-९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ । 



Author

थप समाचार
x