समाज

राप्रपाको आन्दोलनमा घाइते डाँगीको मृत्यु

इकागज |
बैशाख ३, २०८१ सोमबार ११:१ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।

बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्षसमेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।


गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले २०८० चैत २७ गते काठमाडौँमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । आन्दोलनकारीलाई हटाउने क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो ।

डाँगीलाई आज मध्याह्न १२ बजे राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x