विश्व

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

इकागज |
फागुन १, २०८० मंगलबार १२:४० बजे

सांकेतिक तस्बिर

न्युयोर्क- न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।


गोली लागेर घाइते भएका  चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ । (एएनआई)


Author

थप समाचार
x