समाज

नेपाल प्रहरीका ९८ सई इन्सपेक्टरमा बढुवा हुँदै

इकागज |
साउन ८, २०७८ शुक्रबार ९:४८ बजे

फाइल फोटो

काठमाडौँ : नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागी सिफारिस गरेको हो । 

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसमा केशव थापा, अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष शाही लगायत छन् । सात दिनसम्म कुनै उजुरी नपरेमा उनीहरु स्वतः इन्सपेक्टरमा बढुवा हुनेछन् । 



 


Author

थप समाचार
x