समाज

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्‍यु

विक्रम खड्का |
साउन १३, २०७८ बुधबार १२:२९ बजे

बुटवल - गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्‍यु भएको छ । मुसीकोट नगरपालिका–४ दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । जीप निस्ती खोलामा खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन कसेको छैन । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x