समाज

संसदीय सुपरीवेक्षणबारे तीनदिने कार्यशाला सम्‍पन्‍न

इकागज |
साउन २६, २०७८ मंगलबार १३:९ बजे

काठमाडौँ - तीन दिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदानप्रदान कार्यशाला सम्पन्न भएको छ। नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सको आयोजनामा काभ्रेको धुलिखेलमा सम्‍पन्‍न कार्यशालामा प्रतिनिधिसभा एवं प्रदेश सभाका सदस्यहरूको उपस्‍थिति थियो । कार्याशालामा अन्तर्राष्ट्रिय संसदीय सुपरिवेक्षण अभ्यास र सुरक्षा क्षेत्रको अवस्था र अनुभवका बारेमा छलफल भएको सुरक्षा र सुसाशनसम्बन्धी काम गर्दै आएको एनसीएसजीले जनाएको छ।

कार्यशालमा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरूले संसदीय अभ्यास र त्यसको सुपरिवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत एनसीएसजीका अध्यक्ष अभयराज जोशीले जानकारी दिए । अध्यक्ष जोशीद्वारा जारी विज्ञप्‍तिअनुसार कार्याशालामा विभिन्न पाँच वटा चरणमा विभाजन गरेर छलफल भएको थियो। 


कार्यशालामा नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, अवकाश प्राप्त रथी नेपालभुषण चन्द, उपरथी पूर्ण बहादुर सिलवाल, प्रतिनिधिसभा सदस्य एवं सुरक्षाविज्ञ डा. दीपक प्रकाश भट्ट र अधिवक्ता गोविन्द बन्दीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा सुशासनका विषयमा रहेको सिद्धान्त तथा अभ्यास र त्यसको संसदीय सुपरिवेक्षणबारे प्रस्तुतीकरण गरेका थिए ।  

सातवटा प्रदेशबाट दुई जनाका हिसाबले सहभागी भएका प्रदेश सभा सदस्य एवं प्रतिनिधिसभाका तीनजना सांसदले आफ्नो सिकाइका बारेमा जानकारी गराएका थिए भने सुरक्षा सुशासनको क्षेत्रमा संसदीय हिसाबले भइरहेको कामका बारेमा आफ्नो विचार प्रस्तुत गरेका थिए।


Author

थप समाचार
x