इकागजका सम्पादक विकास थापा सम्मानित

काठमाडौं : इकागज डटकमका सम्पादक विकास थापालाई नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सम्मानित गरेको छ। नाफिजको ११ औं साधारण सभा तथा पाँचौ महासभामा अर्थमन्त्री विष्णु पौडेले सम्पादक थापालाई सम्मान गरेका हुन् । थापाले दुई दशक लामो पत्रकारीतामार्फत उर्जा तथा जलस्रोत क्षेत्रमा ठूलो योगदान गरेको कदर स्वरुप नाफिजले सम्मान गरेको हो, उनी सँगै अग्रज पत्रकार लवेश प्याकुरेललाई पनि नाफिजले सम्मान प्रदान गरेको छ।
नाफिजको महासभाले शनिबार नयाँ कार्यसमितिसमेत चयन गरेको छ। नयाँ कार्यसमितिलेको अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाल निर्वाचित भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले ढकाल सहित १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । नाफिजका सह-सचिव बिजपाटीका महमद अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बने । महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया