समाज

धनगढीमा थारु सांस्कृतिक संग्रहालय स्थापना

इकागज |
असोज १, २०७८ १५:२३ बजे

कैलाली - धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्रहालयको शुक्रबार  उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन । 


संग्रहालयको उदघाटन गर्दै उपप्रमुख भट्टले थारु कलासंस्कृतीको जगेर्ना गर्न संग्रहालयले महत्त्वपूर्ण भुमिका खेल्नै भन्दै संग्रहालय हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जाती बारे विभिन्न जानकारी दिन सहयोग पुर्‍याउने बताइन् । 

कार्यक्रममा नगर प्रमुख वडले ९८ प्रतिशत थारु जातीको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु संग्रहालय स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताए । उनले धनगढी बजारबाट नजिकै रहेको संग्रहालय हेर्न आउने वातावरण बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै पटेला गाउँमा होमस्टे निर्माणका लागि उपमहानगरपालिकाले पहल थाल्ने बताए ।

थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पुराना गरगहना लगायत सामाग्रीहरु संग्रहालयमा राखिएका छन् । 


 



Author

थप समाचार