समाज

प्रधान सेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

इकागज |
असोज ६, २०७८ बुधबार २१:१० बजे

काठमाडौँ - प्रधान सेनापति प्रभुराम शर्मा र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । बुधबार जंगी अड्डामा भएको शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन यस किसिमको भेटवार्ताले थप मद्दत पुग्ने सेनापति शर्माको भनाइ छ ।



Author

थप समाचार
x