समाज

इजरायल रोजगारी: लिखित र अन्‍तर्वार्तामा १६ सय परीक्षार्थी उतीर्ण

इकागज |
असोज १०, २०७८ आइतबार १२:९ बजे

फाइल तस्बिर

काठमाडौँ - इजरायलमा 'केयर गिभर' मा जानका  लागि अन्तर्वाता र लिखित परीक्षाबाट १६ सय परीक्षार्थी  कामदार छनौट भएका छन् । इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १६ सय परीक्षार्थी परीक्षामा पास भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायलबाट ७० प्रतिशत महिला र ३० पुरूषको माग भएबमोजिम कामदारको छनौट भएको विभागले जनाएको छ । ४ गतेबाट ९ गतेसम्म अन्तर्वाता भएको थियो । लिखित परीक्षा र अन्तवार्तामा १८०३ जना परीक्षार्थी सहभागी भएका थिए । धेरै परीक्षार्थीहरूको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन सकेको थिएन ।


सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र विज्ञापन प्रकाशन गरेको २१ दिनमा आवेदन भर्ने समय सकिएको थियो ।

केयर गिभरमा जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।


Author

थप समाचार
x